सिफारिस

महुन्याल नमुना माविको ६३ लाख रुपैयाँ भाडा रकम अझै बक्यौता, शिक्षकको तलबमा समस्या ,

कैलाली, भजनी — कैलालीको भजनीस्थित महुन्याल नमुना माध्यमिक विद्यालयको ६५ विगाहा जग्गा १० वर्षका लागि ठेक्कामा लिएका भारतीय नागरिक अमृत पाल सिंहले विद्यालयलाई बुझाउनुपर्ने पुरानो तथा चालु आर्थिक वर्षको रकम अझै नबुझाएको खुलेको छ।
विद्यालय स्रोतका अनुसार अमृत पाल सिंहले पुरानो बक्यौता २७ लाख रुपैयाँ र चालु आर्थिक वर्षको ३६ लाख रुपैयाँ गरी कुल ६३ लाख रुपैयाँ विद्यालयलाई बुझाउन बाँकी रहेको छ।
रकम लामो समयसम्म प्राप्त हुन नसक्दा विद्यालय सञ्चालनमा समस्या देखिन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र प्रसाद जैसीले बताएका छन्। उनका अनुसार विशेष गरी निजी स्रोतबाट कार्यरत शिक्षक–शिक्षिकाहरूलाई तलब उपलब्ध गराउन कठिनाइ भइरहेको छ।
विद्यालय व्यवस्थापन पक्षले बक्यौता रकम छिटो असुल गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको जनाएको छ। विद्यालयको आर्थिक व्यवस्थापन तथा शैक्षिक गतिविधिमा असर पर्न सक्ने भन्दै स्थानीय स्तरमा समेत चासो बढेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?