

सुखड – १७ जेठ , विश्व हिन्दु परिषद नेपालद्वारा सुदूरपश्चिम प्रदेश योजना बैठक–२०८३ तथा प्रदेशस्तरीय परिषद शिक्षा वर्ग धनगढीमा आयोजना गरिएको छ।
“धर्म र संस्कृतिको सम्मान, यही हाम्रो पहिचान” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट परिषदका पदाधिकारी, सदस्य तथा हिन्दु धर्मावलम्बीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमअन्तर्गत सुदूरपश्चिम प्रदेश योजना बैठक–२०८३ मार्फत आगामी वर्षका संगठनात्मक गतिविधि, धर्म तथा संस्कृतिको संरक्षण, सामाजिक जागरण र हिन्दु एकताको विषयमा विस्तृत छलफल गरिएको आयोजकले जनाएको छ।

यसैगरी, जेठ १५ गतेदेखि १७ गतेसम्म कैलाली बहुमुखी क्याम्पस, धनगढीमा सञ्चालन गरिएको प्रदेशस्तरीय परिषद शिक्षा वर्गमा सहभागीहरूलाई संगठनको उद्देश्य, हिन्दु धर्म–संस्कृतिको महत्व, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो !
कार्यक्रममा वक्ताहरूले हिन्दु धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताएका थिए। सहभागीहरूले धर्म, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षणमा विश्व हिन्दु परिषद नेपालको भूमिका थप प्रभावकारी बनाउन सुझाव दिएका थिए।

विश्व हिन्दु परिषद नेपालले यस्ता कार्यक्रममार्फत संगठन विस्तार, सामाजिक चेतना अभिवृद्धि तथा धार्मिक–सांस्कृतिक मूल्यहरूको संरक्षणमा योगदान पुर्याउने विश्वास व्याक्त गरिएको

