
काठमाडौँ महानगरपालिकाका पुर्व मेयर तथा हुनेवाला प्रधानमन्त्री बालेन्द्र शाहले १३ गते प्रधानमन्त्रीको शपथ लेने कार्यक्रम रहेकाले उनको सुरक्षा व्यवस्थालाई लिएर कडा तयारी गरिएको छ। उनलाई ‘देशको कडा प्रधानमन्त्री’को रूपमा प्रस्तुत गर्दै उच्चस्तरीय सुरक्षा घेरा बनाइएको कुरा सार्वजनिक भएको छ।

सार्वजनिक गरिएको विवरणअनुसार बालेनको सुरक्षामा तीन तहको घेरा तयार गरिएको छ। पहिलो घेरामा नेपाली सेना, दोस्रोमा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाल प्रहरी खटाइने व्यवस्था गरिएको उल्लेख छ।
साथै, ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने बताइएको छ। सेना, प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका दक्ष जनशक्तिलाई सुरक्षामा खटाइने योजना रहेको जनाइएको छ।
अत्याधुनिक ‘सुटकेस’ प्रविधि प्रयोग गरी बुलेटप्रुफ सुरक्षा र आपतकालीन अवस्थामा तत्काल प्रतिक्रिया दिने व्यवस्था समेत राखिएको दाबी गरिएको छ। यससँगै कमाण्डो टोली, विशेष तालिमप्राप्त सुरक्षाकर्मी र कडा निगरानी प्रणाली प्रयोग गरिने बताइएको छ।

यस्तै, बालेनको आवतजावतका लागि उच्चस्तरीय सवारी (कनभ्वाय) व्यवस्था गरिएको छ, जसमा अगाडि र पछाडि सुरक्षागार्डसहितको ठूलो लस्कर रहनेछ। आवश्यकताअनुसार हेलिकप्टरबाट समेत निगरानी गरिने उल्लेख गरिएको छ।
यद्यपि, यसबारे आधिकारिक सरकारी धारणा सार्वजनिक भइसकेको छैन। सार्वजनिक गरिएको सामग्री सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ र यसको सत्यता तथा कार्यान्वयनबारे प्रश्न समेत उठ्न थालेका छन्।