सिफारिस

भजनी नगरपालिका वडा नं. ४ मा रक्तदान कार्यक्रम सम्पन्न ,

कैलाली, भजनी — भजनी नगरपालिका वडा नं. ४ अन्तर्गत खैलाडमा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटी उपसाखा खैलाडको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला साखा धनगढीको प्राविधिक सहयोगमा आयोजना गरिएको थियो।

कार्यक्रमको उद्घाटन बलिराम चौधरीले रक्तदान गरेर गरेका थिए। कार्यक्रममा शिक्षक ,कर्मचारी ,समाजसेवी तथा युवा युवतीहरुको उत्साहजनक सहभागिता रहेको थियो। जम्मा २६ जनाले रक्तदान गर्दै मानवीय सेवामा महत्वपूर्ण योगदान दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार