सिफारिस

सुदूरपश्चिममा एसईईको तयारी पूरा, ५४ हजार विद्यार्थी परीक्षा दिँदै ,

धनगढी । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सुदूरपश्चिम प्रदेशबाट करिब ५४ हजार विद्यार्थी सहभागी हुने भएका छन्।

शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशका नौवटै जिल्लाबाट कुल ५३ हजार ९७३ परीक्षार्थी परीक्षा दिने तयारीमा छन्। एसईई परीक्षा चैत १९ गतेदेखि सुरु हुँदैछ।

निर्देशनालयका सूचना अधिकारी प्रेमलाल हरिजनका अनुसार नियमिततर्फ ४० हजार ९७३, प्राविधिक धारतर्फ १ हजार ७७८ र ग्रेड वृद्धितर्फ ११ हजार ४८५ परीक्षार्थी सहभागी हुनेछन्।

जिल्लागत रूपमा हेर्दा सबैभन्दा धेरै कैलालीबाट १८ हजार २७८ विद्यार्थी परीक्षा दिँदै छन्। त्यसपछि कञ्चनपुरका १० हजार ८९७, बैतडीका ४ हजार ५२९, अछामका ४ हजार ४५१ परीक्षार्थी सहभागी हुनेछन्।

त्यस्तै, डोटीका ३ हजार ३१४, दार्चुलाका ३ हजार ५६८, बझाङका ३ हजार ४२१ विद्यार्थी परीक्षा दिनेछन् भने सबैभन्दा कम बाजुराबाट २ हजार ४२६ परीक्षार्थी सहभागी हुने निर्देशनालयले जनाएको छ।प्रदेशभर परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार