सिफारिस

कैलालीको भजनी नगरपालिका–४ खैलाडमा वृक्षरोपण कार्यक्रम सम्पन्न

कैलालीको भजनी नगरपालिका–४ खैलाडमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी कैलालीको आर्थिक सहयोग तथा स्थानीय युवा क्लबको समन्वयमा क्लबको खाली क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपिएको हो।

कार्यक्रममा ५०० बोट बाँस, १५० बोट आँप, १०० बोट बेल १५० बोट लिची १०० बोट अम्बासहित विभिन्न प्रजातिका बिरुवा रोपिएका छन्। वृक्षरोपणमार्फत खाली तथा सार्वजनिक क्षेत्रलाई हरियाली बनाउने, वातावरण संरक्षण गर्ने र स्थानीय समुदायमा वृक्षरोपणप्रति सचेतना बढाउने उद्देश्य रहेको जनाइएको छ।
कार्यक्रममा भजनी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष जन्ताराम चौधरी ,स्थानीय जनप्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी खैलाड उपसाखाका उपसभापति दुखरानी चौधरी ,ने .रे .शो nbs परियोजनाध्दारा संञ्चालित चम्पियन ग्रुप नेपाल रेडकस सोसाइटी कैलाली जिल्ला प्रतिनिधि, युवा क्लवका पदाधिकारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले वृक्षरोपणसँगै रोपिएका बिरुवाको संरक्षण र हुर्काउन स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहने बताएका थिए। रोपिएका बिरुवाको नियमित संरक्षण तथा हेरचाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?