सिफारिस

बाढीपीडितलाई राहत तथा उद्धारमा सहयोग गर्न आग्रह गर्दै अभिमुखीकरण तालिम

कैलाली । रुसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ तथा चितवन जिल्लाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएकोप्रति नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाले दुःख व्यक्त गरेको छ।
बाढी तथा विपद्का कारण ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको तत्काल खोजी तथा सकुशल उद्धारका लागि सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
विपद्मा परेका नागरिकको पीडा साझा भएकाले मानवीय संकटको यस अवस्थामा एकताबद्ध भएर राहत तथा उद्धारमा सहयोग गर्नुपर्नेमा जोड दिइएको छ।
यसैक्रममा २०८३/५/२६ गते नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाद्वारा सञ्चालित ‘प्रकृतिमा आधारित समाधान (NbS) परियोजना’ अन्तर्गत परियोजना कर्मचारी तथा भजनी नगरपालिका–४ कैलालीमा गठित अगुवा कार्यकर्ता (Champion) हरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा सहभागी अगुवा कार्यकर्ताहरूलाई रसुवा जिल्लाका बाढी प्रभावित नागरिकका लागि राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन आग्रह गरिएको थियो। अभिमुखीकरणमा सहभागी हुन यातायातका लागि उपलब्ध रकममध्ये प्रति व्यक्ति रु. १०० का दरले २५ जनाको जम्मा भएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको जनाइएको छ।
कार्यक्रमले विपद्का बेला स्थानीय तह, समुदाय, स्वयंसेवक तथा सम्बन्धित निकायबीच सहकार्य र मानवीय सहयोगलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?