सिफारिस

तेस्रो मदन भण्डारी कप अन्तर पालिका जिल्ला स्तरीय फुटबल प्रतियोगिता घोडाघोडीमा हुने

सुखड ,कैलालीको घोडाघोडी नगपालिका–१० पहलमानपुरमा तेस्रो मदन भण्डारी कप अन्तर पालिका जिल्ला स्तरीय फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । खेल क्षेत्रमा युवा वर्गको स्फूर्ति बढाउनुको लागी जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुन लागेको हो । बुधवार पत्रकार सम्मेलन गरी विगतका वर्षमा हुँदै आएको फुटबल प्रतियोगिताले यस वर्ष पनि निरन्तरता पाउने जानकारी गराइएको छ वि ।गत २ संस्करण सफल रुपमा सम्पन्न गरेको मदन भण्डारी स्पोर्टस् एकेडेमी घोडाघोडी नगर कमिटीले यस पटक तेस्रो मदन भण्डारी कप अन्तर पालिका जिल्ला स्तरीय फुटबल प्रतियोगिता गर्ने जानकारी गराएको हो ।

खेलको तेस्रो संस्करण आगामी कार्तिक २ गते बाट सुरु हुने बताईएको छ । प्रतियोगितामा पहिलो हुने टिमले ५२ हजार २ सय ५० रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो  स्थान हासिल गर्ने टिमले नगद ३५ हजार २ सय ५० रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने मदन भण्डारी स्पोर्टस् एकेडेमी घोडाघोडी नगर कमिटीका अध्यक्ष पुरन परियारले पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगितामा १३ पालिका र अन्य टिम गरी १६ ओटा टिम सहभागिता रहने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । यसै गरी व्यक्तिगत विद्या तर्फ प्रतियोगिताकै उत्कृष्ट खेलाडी,उत्कृष्ट गोल रक्षक,उत्कृष्ट डिफेन्डर ,सर्वाधिक गोल कर्ता र उदयमान खेलाडीलाई पुरस्कारको व्यवस्था समेत रहेको बताईएको छ ।

कार्तिक २ गते बाट चल्ने प्रतियोगिताका खेलहरू नकआउटका आधारमा खेलाइने वडा उनले जानकारी दिए । यस्ता खेलहरूले युवा वर्गको स्फूर्ति बढ्नुका साथै मनोरञ्जन पनि हुने उनको धारण रहेको थियो । यसैबिच प्रतियोगिताको तयारीलाई तीव्र पारेको आयोजकले जनाएको छ । टिम दर्ता ३ हजार ५ सय रहेको र खेल कान्ति राज्य लक्ष्मी माध्यामिक विद्यालयको खेल मैदानमा खेलाइने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार