सिफारिस

तेस्रो मदन भण्डारी कप अन्तर पालिका जिल्ला स्तरीय फुटबल प्रतियोगिता घोडाघोडीमा हुने

कैलालीको घोडाघोडी नगपालिका–१० पहलमानपुरमा तेस्रो मदन भण्डारी कप अन्तर पालिका जिल्ला स्तरीय फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । खेल क्षेत्रमा युवा वर्गको स्फूर्ति बढाउनुको लागी जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुन लागेको हो । बुधवार पत्रकार सम्मेलन गरी विगतका वर्षमा हुँदै आएको फुटबल प्रतियोगिताले यस वर्ष पनि निरन्तरता पाउने जानकारी गराइएको छ वि ।गत २ संस्करण सफल रुपमा सम्पन्न गरेको मदन भण्डारी स्पोर्टस् एकेडेमी घोडाघोडी नगर कमिटीले यस पटक तेस्रो मदन भण्डारी कप अन्तर पालिका जिल्ला स्तरीय फुटबल प्रतियोगिता गर्ने जानकारी गराएको हो ।

खेलको तेस्रो संस्करण आगामी कार्तिक २ गते बाट सुरु हुने बताईएको छ । प्रतियोगितामा पहिलो हुने टिमले ५२ हजार २ सय ५० रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो  स्थान हासिल गर्ने टिमले नगद ३५ हजार २ सय ५० रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने मदन भण्डारी स्पोर्टस् एकेडेमी घोडाघोडी नगर कमिटीका अध्यक्ष पुरन परियारले पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगितामा १३ पालिका र अन्य टिम गरी १६ ओटा टिम सहभागिता रहने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । यसै गरी व्यक्तिगत विद्या तर्फ प्रतियोगिताकै उत्कृष्ट खेलाडी,उत्कृष्ट गोल रक्षक,उत्कृष्ट डिफेन्डर ,सर्वाधिक गोल कर्ता र उदयमान खेलाडीलाई पुरस्कारको व्यवस्था समेत रहेको बताईएको छ ।

कार्तिक २ गते बाट चल्ने प्रतियोगिताका खेलहरू नकआउटका आधारमा खेलाइने वडा उनले जानकारी दिए । यस्ता खेलहरूले युवा वर्गको स्फूर्ति बढ्नुका साथै मनोरञ्जन पनि हुने उनको धारण रहेको थियो । यसैबिच प्रतियोगिताको तयारीलाई तीव्र पारेको आयोजकले जनाएको छ । टिम दर्ता ३ हजार ५ सय रहेको र खेल कान्ति राज्य लक्ष्मी माध्यामिक विद्यालयको खेल मैदानमा खेलाइने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार